Logo

कोरोनाबाट मृत्यु भएका प्रहरीका परिवारलाई एक करोड क्षतिपूर्ति : दिल्ली सरकार



२५ वैशाख :भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ ।

केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडार्इँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिन्दी भाषामा सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अमितले आफ्नो जीवनको समेत प्रवाह नगरी निरन्तर कोरोना विरुद्धको लडाईमा सक्रिय भएको उल्लेख गरेका छन् ।

उनले लेखे, “कामको सिलसिलामा उनलाई कोरोनाभाइरसको सङ्क्रमण भयो र दुर्भाग्यबस उनले हामीलाई छाडेर गए । उनको योगदानलाई म सलाम गर्दछु र आत्माको चिर शान्तिको कामना गर्दछु ।”

मुख्यमन्त्री केजरीवालले उनको योगदान र लगावको उच्च मुल्याङ्कन गर्दै उहाँको परिवारलाई एक करोड क्षतिपुर्ति प्रदान गर्ने कुरा पनि ट्वीटरमै लेखेका छन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्