Logo

आरडिटी विधीबाट कोरोना परीक्षण बन्द गराउन माग गर्दै सर्वोच्चमा रिट



वैशाख २५, काठमाण्डौ । कोरोना भाइरसको परिक्षण नेपालमा सुस्त गतिमा भइरहेको छ । भएको परिक्षण पनि विश्वसनीय हुन सकेको छैन । विशेषगरी र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिप्रति धेरैले विश्वास गर्न सकेका छैनन् ।

यसैबीच आरडिटी विधीबाट कोरोना संक्रमण परीक्षण बन्द गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
सरकारले आरडीटी परीक्षणमा तिब्रता दिई नागरिकको स्वास्थ्यमा लापरवाही र भेदभाव गरेकाले यस्तो परीक्षण बन्द गराउन अन्तरिम आदेश माग गर्दै बुधबार अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारी, शंकर पौडेल र शुक्रराज आरणले रिट दायर गरेका हुन् ।

संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओले जारी गरेको अन्तरिम निर्देशिकामा कोभिड १९ को परीक्षणमा आरटी पीसीआर विधि अनुशरण गर्न निर्देशन दिएको भन्दै उनीहरुले आरटी पीसीआर (प्रयोगशालामा गरिने परीक्षण) विधिबाटै कोरोना परीक्षणमा तिब्रता दिन माग गरेका छन् ।

निवेदनमा आरडीटी विधिबाट कोरोना परीक्षण गर्ने २०७६ चैत २२ गतेको मन्त्रिपरिषद निर्णय पनि उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरिएको छ ।

रिटमाथिको पेशी आइतबारका लागि तोकिएको छ ।

नेपालमा हालसम्म आरडिटी बिधिबाट ५४ हजार ९३ वटा पिरक्षण गरिएको छ । तर १४ हजार ५ सय ९ वटा मात्रै पिसीआर विधिबाट परिक्षण भएको छ ।



प्रतिक्रिया दिनुहोस्