Logo

ओलीलाई हेप्ने ? भन्दै गोकुलले कडा प्रश्न गरे



काठमाडौं, २५ वैशाख । पूर्वमन्त्री गोकुल बाँस्कोटाको एउटा भनाई चर्चित छ । उनले हेप्ने भनेर लेख्ने र बोल्ने गरेका छन् । यसपटक उनले ‘ओलीले पार्टी चलाउन सकेनन् रे’ भन्दै अचाक्ली हेप्ने भनी लेखेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी चलाउन नसकेको आरोप लगाउँदै तथ्य छोप्ने र अचाक्ली हेप्ने गर्न खोजेको आरोप लगाएका हुन् ।

ओलीले अन्य दललाई कमजोर बनाएर नेकपालाई बलियो दल बनाएको दाबी समेत गरेका छन् । पार्टी फुटाउन केही व्यक्ति लागिपरेको भन्दै बास्कोटाले कटाक्ष गरेका छन् । उनले लेखेका छन्ः अध्यक्ष ओलीले पार्टी चलाउन सकेनन रे।तथ्य छाेप्ने,अचाक्ली हेप्नी!देब्रे र दाहिने खल्तीमा कैची र तीर सलाईकाे बट्टा अनि गाडीमा दुइटा टायर राखेर,हात गलुञ्जेल टिका नलगाईकन झ्याम्मै अरुदलकाे खालै उठाइदिने स्टायलमा पार्टी कस्ले बनाइदियाे,सुपरमार्केटमा चित्त नबुझे नाङलेपसल थाप्ने हाे ?



प्रतिक्रिया दिनुहोस्