Logo

डा भीमार्जुन आचार्यले किन उठाए राज्य संरचनामा हेरफेर गर्ने कुरा ?



काठमाडौं, २५ वैशाख । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न नसकेको टिप्पणी गरेका छन् । आचार्यले आफ्नो सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो सवाल उठाएका छन् । उनले भनेका छन्,”जनतालाई अनुभूत गराउन सक्ने उत्तम समय र अवसर पाएर पनि प्रदेश संरचनाले आफ्नो औचित्य स्थापित गर्न सकेन।अबका दिनहरु आर्थिक दृष्टिकोणले सुखद् रहने छैनन्।”

त्यतिमात्रै नभएर उनले सयौं संख्याका मन्त्री तथा सांसदहरुको लालनपालन गरीब मुलुकले कसरी गर्ला ? भन्दै अर्को प्रश्नसमेत उठाएका छन् । आचार्यले संकटलाई अवसरमा बदल्दै राज्य संरचनामा अब त केही हेरफेर गर्ने कि ? भन्ने पनि सवाल उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्