Logo

थप दुई कोरोना संक्रमित भेटिए, कुल संक्रमित संख्या एक सय एक



काठमाडौँ, २५ वैशाख : कोभिड–१९ को सङ्क्रमण आज थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा कपिलबस्तु का १६ वर्षीय र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

योसँगै संक्रमितको संख्या १०१ पुगेको छ । बुधबार एकै दिन १७ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार संक्रमितको अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।रासस file photo



प्रतिक्रिया दिनुहोस्