Logo

मुम्बईको जेलमा कोरोना भाइरस फैलियो



काठमाडौं, २५ वैशाख । भारतको मुम्बईस्थित जेलमा ७२ जना कैदीबन्दी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँ ७ जना कर्मचारीमा कोरोनाको संक्रमण पत्ता लागेको छ ।

इन्डियन एक्सप्रेसका अनुसार आरथुर रोडको जेलमा पहिलोपटक कोरोना संक्रमण पत्ता लागेको हो । भारतको सबैभन्दा बढी कैदीबन्दी रहेको जेलमध्य आरथुर रोडको जेलमा २६ सय कैदीबन्दी राखिएका छन् । ८ सय क्षमताको जेलमा तेब्बरभन्दा बढी कैदीबन्दी राखिएको छ ।

यसैगरी, भारतमा कोरोना भाइरसका संक्रमित संख्या ५३ हजार कटेको छ । त्यहाँ १७ सय ८३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्