तेह्रथुम, बैशाख २५ । तेह्रथुमको फेदाप गाउँपालिका–५ का एक युवकले बन्चरो प्रहारगरि आफ्नै बाबु र आमाको हत्या गरेका छन् ।
सामान्य घरायसी विवाद बढ्दै गएपछि बिहिवार साँझ २० वर्षीय कन्चन लिम्बुले ४२ वर्षीय बुवा रुपबहादुर लिम्बु र आमा ३५ वर्षीया इशा खापुङ लिम्बुलाई हत्या गरेका हुन् । हत्यापछि भाग्दै गरेको अवस्थामा कन्चन लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । (विस्तृत विवरण आउन बाँकि)