Logo

को हुन् कोरोना भाइरसका नयाँ २ संक्रमित



काठमाडौं, २५ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १०१ पुगेको छ । आज थप दुई जनामा संक्रमण पत्ता लागेपछि संक्रमित एक सय नाघेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितहरु कपिलवस्तु ८ का १६ वर्षीय र २२ वर्षीय युवक हुन् । उनीहरुको राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौंमा परिक्षणका क्रममा कोभिड १९ पत्ता लागेको हो । दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

१. कपिलवस्तु ८ घर भएका १६ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको
२. कपिलवस्तु ८ घर भएका २२ वर्षीय युवक । २५ वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्