Logo

योगेश भट्टराईले छोडे माधव नेपालको साथ, भन्छन्-‘केपी ओली दुवै पदबाट हट्नुहुन्न’ (भिडियोसहित)



काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईले पार्टीभित्रको विवाद छिट्टै हल गर्नुपर्ने बताएका छन् । उनले अहिले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने पनि स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीमा बरिष्ठ नेता माधव कुमार नेपाल खेमाको नेताको रुपमा चिनिएका नेता भट्टराईले दुवै पदमा ओली रहनुपर्ने र दुवै पद छोड्न नहुने तर्क गरेका छन् । जबकी बरिष्ठ नेता नेपालले पार्टीको विधानअनुसार एक व्यक्ति, एक मुख्य जिम्मेवारीमा जानुपर्ने अडान लिएका छन् ।

उनले प्रधानमन्त्री ओलीले राम्रो काम गरेकोले उनको अहिले विरोध गर्न नहुनेपनि तर्क गरेका छन् । उनले भने,”अहिले नीतिगत र सैद्धान्तिक कुरामा जाँदा पनि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैमा उहाँ हुनुपर्छ । उहाँको विरोध गर्नुहुँदैन् ।” बरु, उनले प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सबै नेताहरु मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका छन् । उनले भने-“उहाँहरु मिल्नुपर्छ ।”

मन्त्री भट्टराईले वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री भएको र उनले राम्रो काम गरेको जिकिर गरे । उनले पार्टीको स्थायी कमिटी बैठक तत्काल नै हुनुपर्छ भन्ने पक्षमा आफू नरहेको पनि स्पष्ट पारे । उनले भने-“बैठक दुई चार दिन लम्बिन्छ । नेताहरु मिलेर जहिले गरेपनि हुन्छ ।” File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot