Logo

घनश्याम भुषाल भन्छन् : ‘पार्टीमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी कार्यान्वयन गर्नुपर्छ’ (भिडियोसहित)



काठमाडौं, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुषालले पार्टी नीति र विधानअनुसार चल्नुपर्ने बताएका छन् । उनले पार्टीको विधानअनुसार अब एक व्यक्ति, एक प्रमुख जिम्मेवारीलाई कायानर््वयन गर्नुपर्ने पनि माग गरे ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले एक व्यक्ति, एक पद प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हकमा पनि लागु हुने स्पष्ट पारे । उनले पार्टीभित्रको द्धन्द्ध हल हुनुपर्ने बताए । मन्त्री भुषालले भने-“हामी पार्टी फुटाउन दिँदैनौं । पार्टी बचाउने काम ऋषि धमलाको होईन, घनश्याम भुषालको हो । तपाई धेरै चिन्ता नगर्नुहोस, म छु चिन्ता गर्ने ।” उनले पार्टीको स्थायी कमिटी बैठक जतिसक्दो चाँडो राख्नुपर्ने धारणा राखेका छन् ।

उनले भने,”अहिले देखिएका कुरा स्थायी कमिटी बैठकमा छलफल हुनुपर्छ । सचिवालयले सकेन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जानुपर्छ ।” फरक प्रसँगमा उनले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा किसानलाई विशेष राहत दिनेगरि अहिले नै व्यवस्था गर्न लागेको पनि जनाए। FILE PHOTO/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot