एजेन्सी, २६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । बिहिबार भएको वार्तामा दुवै देश कोरोना भाइरससँग मिलेर लड्न सहमत भएका छन् ।
ट्रम्पले कोरोना संक्रमणका बाबजुद मित्र देशहरुलाई सहयोग नरोक्ने प्रतिवद्धता व्यक्त गरेका छन् । रुसी समाचार संस्था तासका अनुसार ट्रम्पले कोरोना भाइरससँग अमेरिका कसरी जुधिरहेको छ भन्ने जानकारी समेत गराएका थिए । दुई नेताबीच हतियारको प्रतिष्पर्धाको नियन्त्रणबारे समेत कुराकानी भएको जनाइएको छ ।
पुटिनले द्धिपक्षीय सहयोगको स्वागत गरेका थिए । स्वास्थ्य सामाग्री पठाउनेबारे पनि दुई नेताबीच कुराकानी भएको क्रेमलिनले जानकारी दिएको तासले उल्लेख गरेको छ ।
कोरोना भाइरसको महामारी फैलिइरहँदा अमेरिका र चीन जस्ता शक्तिशाली देशबीच शितयुद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच फोनवार्ता भएको हो ।-File Photo: Agency