Logo

सडक पेटीमा लास, शहरमा गन्धसँगै त्रास



एजेन्सी, २६ वैशाख । इक्वेडरमा कोरोना भाइरसको महामारीले लासहरुको व्यवस्थापन चुनौती बनेको छ । अस्पतालहरु विरामीले भरिएका छन् । त्यहाँ लासघरहरु भरिएर अस्पतालको हिड्ने बाटोहरुमा समेत राखिएका छन् ।

लास व्यवस्थापन गर्ने सामाग्री अभाव भएपछि प्लाष्टिकले बेरेर सडकको छेउमा समेत राखिएका छन् । कतिपय घरहरुमा बुढाबुढीको लास निकाल्न ढिलाई हुँदा गन्हाइरहेका छन् । स्वास्थ्य प्रणालीबारे पूर्व योजनाहरु नहुँदा इक्वेडर लासको व्यवस्थापनको चुनौतीसँग जुध्न थालेको छ ।

मानिसहरु डराइरहेका छन् । विरामी मानिसहरु अस्पतालमा मर्नका लागि जान्छन् भन्ने अवस्था भइसकेको छ । अस्पताल झन रलाग्दो भएको छ ।

अस्पतालहरुमा लास राख्ने ब्यागहरु पनि सकिएको छ । मानिस गाँड्ने स्थानहरु पनि भरिएका छन् । लास राख्ने ठाउँ नभएर मुख्य र सहायक सडकको छेउछाउ प्लाष्टिकले बेरेर राखिएका छन् ।

कोरोनाको संक्रमणले मृत्यु भएकाको शव नउठेपछि इक्वेडरको शहरको सडक नै गन्हाउन थालेको छ । त्यहाँको गुयाकिल शहरमा केही शवहरु केही दिनयता सडकको छेउ छाडिएको खबर आएको थियो ।

कफिनमा प्लाष्टिकले छोपेर राखिएको शव राख्ने ठाउँ नभएपछि सडकको छेउमा छाडिएको हो । अस्पतालको शव गृह देखि बाहिर सम्म ठाउँ नभएको र शव गाँड्ने स्थान पनि बन्द भएकाले सडकमै छाडिएको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot