Logo

करोडौका उपकरण किन्ने निणर्य गोप्य



काठमाडौं, बैशाख २६ । सरकारले नेपाल प्रहरीसँग भीड नियन्त्रणका लागि पानीको फोहोरा फ्याँक्न प्रयोग गरिने सातवटा वाटर क्यानल हुँदाहुँदै थप एउटा र गोली ताकेर हान्ने तालिमका लागि चाहिने सिमुलटेर पाँचवटा खरिद गर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले यो निर्णय गोप्य राखेको छ । नेपाल प्रहरीलाई तत्काल आवश्यक नभएका उपकरण किन्दा विरोध हुने भएकाले निर्णय गोप्य राखिएको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले प्रहरीका लागि खरिद गर्न लागिएका यी सामाग्रीबारे सञ्चार माध्ययमलाई नबताएका आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्