Logo

बैंकमा ४६ अर्ब अधिक तरलता



काठमाडौं, बैशाख २६ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण कर्जाको माग कम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अहिले बंैकमा तरलता बढेको छ । गत ११ वैशाखदेखि बैंक तथा वित्तीय संस्थासँग अनिवार्य नगद मौज्दातबाहेक ४५ अर्ब ७८ करोड रुपैयाँ अधिक तरलता रहेको छ ।

आर्थिक वर्ष २०७६(७७ को नौ महिनासम्म केन्द्रीय बैंकले रिपोमार्पmत १ खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब ६ करोड गरी कुल १ खर्ब ८६ अर्ब ८३ करोड रुपैयाँ तरलता प्रवाह गरेको थियो ।

यस अवधिमा पटक–पटक गरी ५८ अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस्तो प्रशोचन निक्षेप बोलकबोलमार्फत ३० अर्ब र रिभर्स रिपोमार्फत २८ अर्ब रुपैयाँ रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot