Logo

ब्राजिलमा कोरोनाबाट एकै दिन ६ सय भन्दा बढीको मृत्यु



रियो दि जेनेरियो, बैशाख २६ । ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै गएका बेला एकै दिन ६०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

यो एकै दिनमा सबैभन्दा धेरै व्यक्तिले ज्यान गुमाएको सङ्ख्यामध्ये हो।जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ९,००० नाघिसकेको छ।

कोरोनाभाइरसबाट हालसम्म त्यहाँ एक लाख ३५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्।राष्ट्रपति जाइर बोल्सोनारुको सरकारले मेयर र क्षेत्रीय गभर्नरले लकडाउन जारी राखेमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएको छ।

बीबीसीका अनुसार विज्ञहरूले ब्राजिलमा कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान जाने व्यक्तिहरूको सङ्ख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्