मुम्बई, बैशाख २६ । भोजपुरी अभिनेत्री तथा बिगबोस– २ फेम सम्भावना सेठ अस्पताल भर्ना भएकी छन्। उनका श्रीमान अविनाश द्विवेदीले सम्भावनाको समाजिक सञ्जाल इन्स्टाग्राममार्फत सम्भावना विमारी भएको र हाल उनलाई अस्पताल भर्ना गरिएको जानकाकारी दिएका छन्।
तर, अविनाशले सम्भावनालाई के भएको हो, कुन अस्पतालमा भर्ना गरिएको हो तथा हाल उनको अवस्था कस्तो भन्नबारे केही खुलाएका छैनन्। टीभी र भोजपुरी फिल्म उद्योगका हस्तीहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्।