Logo

आइतबारदेखि देशभरका बैंक तथा वित्तिय संस्था खुल्ने



काठमाडौं, बैशाख २६ । जारी लकडाउनका कारण सिमित शाखा मात्रै खोलेको बैंक तथा वित्तिय संस्थाले आइतबारदेखि देशभरका शाखा खोल्ने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार देशभरका शाखाहरु खुल्ने भएको जनाइएको छ ।

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो।



प्रतिक्रिया दिनुहोस्