Logo

मन्त्री भट्टको घोषणा : अहिले स्थायी कमिटी बैठक आवश्यक छैन्, हामी बजेटमा केन्द्रित भयौं (भिडियोसहित)



काठमाडौं, २६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिले पार्टीको स्थायी कमिटी बैठक कुनैपनि हालतमा नराखिने स्पष्ट पारेका छन् । स्थायी कमिटीका २० जना सदस्यहरुले तत्काल बैठक राख्नको लागि दबाब दिईरहेका बेला मन्त्री भट्टले यस्तो बताएका हुन् । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले स्थायी कमिटीको बैठकको माग गर्नु बेमौसमी बाजा भएको भन्दै वजेट अधिवेशन नसकिएसम्म बैठक नराखिने स्पष्ट पारेका छन् ।

स्थायी कमिटी बैठक राख्नको लागि त एजेण्डा चाहिने भन्दै एजेण्डा नै तय नभएपछि हिजो बस्ने भनिएको बैठक स्थगित् गरिएको पनि उनले स्पष्ट पारे । उनले भने-“एजेण्डा नै नभएपछि बैठकको अर्थ हुन्छ त ? लु भन्नु त । कुन एजेण्डामा छलफल गर्ने त ? त्यो त सचिवालयले ल्याउनुपर्यो नि त । जसले जिम्मेवारी लिएका थिए, उनीहरुले त्यो जिम्मेवारी पूरा गरेर एजेण्डा ल्याउनुपर्दथ्यो । हिजो छलफल हुनुपर्दथ्यो ।” मन्त्री भट्टले अहिले स्थायी कमिटीको बैठकको आवश्यकत्ता नै भएको जिकिर गरे । उनले थपे,”किन छैन भने अहिले हामी नीति तथा कार्यक्रममा गैराखेका छौं । आजको आवश्यकत्ता र हामी केन्द्रित हुने भनेको नीति तथा कार्यक्रम र बजेटमा हो । स्थायी कमिटीमा होईन् ।”

ओली क्याम्पमा गएका लेखराज भन्छन् : ‘प्रचण्डकी छोरीले फोन गर्दापनि मैले उठाईँन’



प्रतिक्रिया दिनुहोस्

Screenshot