Logo

निष्क्रिय कर्जा र खर्च बढेपनि सामुदायिक लघुवित्त खुद नाफा बढाउन सफल



काठमाडौँ २६ वैशाख : सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL) ले चालु आर्थिक वर्षको अपरिष्कृत तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफामा सुधार देखिएको छ।

सो अवधिसम्ममा लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आवको सोही अवधिको तुलनामा २७ लाख ८ हजार रुपैयाँ बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

कर्मचारी खर्च र अन्य सञ्चालन खर्चसँगै निष्क्रिय कर्जा बढेपनि लघुवित्त खुद नाफा बढाउन सफल भएको छ।

सो अवधिसम्ममा लघुवित्तले ६ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशत बढी हो। तर, समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने १२ प्रतिशत मात्र बढेको छ। सो अवधिसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड १६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६५ प्रतिशतविन्दु बढेर २.०५ प्रतिशत पुगेको छ। यससँगै गत वर्षको चैत मसान्तसम्ममा ४२ लाख ८५ हजार रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको यस लघुवित्तले चालु आवको सोही अवधिसम्ममा यस्तो व्यवस्थाबापत ७० लाख ८० हजार रुपैयाँ छुट्याएको छ।

१० करोड चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ९ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २७ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २२ पैसा रहेको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात २६.९० गुणा रहेको छ। मेरोलागानी



प्रतिक्रिया दिनुहोस्