Logo

आज (शुक्रबार) देखि सम्पूर्ण बैंकिङ तथा वित्तीय निकाय सञ्चालन हुने



काठमाडौँ २६ वैशाख : लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय निकायहरु आज (शुक्रबार) देखि आफ्ना सम्पूर्ण सेवा प्रदान गर्ने भएका छन् । उद्योग, बैंकिङ तथा वित्तीय निकाय लगायत बिभिन्न क्षेत्रलाई सेवा सुचारु गर्न दिने बुधबार सरकारले निर्णय गरेको थियो । उक्त निर्णय अनुसार बैंकहरुले आफ्नो सम्पूर्ण सेवा प्रवाह गर्ने तयारी गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । बैंकहरुले त्यसै बमोजिम सेवा प्रदान गर्न तयारी गरेको जनाएका छन् ।

सरकारले एकतिहाइ कर्मचारीबाट मात्रै काम सुरु गर्न निर्देशन दिएपछि सोहि अनुसार कर्मचारी खटाएर बैंकहरु संचालनमा आउने छन् । एकतिहाई कर्मचारीबाट बैंकले सम्पूर्ण सेवा सुचारु गर्ने बैंकहरुले जानकारी दिएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्