काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका नेता समेत रहेका आनन्द बिष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाको नेतृत्वमा छन् । अमेरिकामा बस्ने नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणपछि उत्पन्न परिस्थितिमा उनी सहयोगी भुमिका निभाइरहेका छन् । बिष्टसँग ऋषि धमलाले अमेरिकामा नेपालीहरुको अवस्थाबारे गरेको कुराकानीः
अमेरिकामा रहेका नेपालीहरुको अवस्था के छ ?
पछिल्लो समय नेपालीहरुको अवस्था सुधारोन्मुख भइराखेको छ । धेरै नेपालीहरुलाई आइसोलेन र क्वारेन्टाइनको लागि होटलहरुमा राखिएको थियो । त्यहाँबाट पनि निको भएर फर्किने क्रम बढिरहेको छ । विगत दुई, तीन हस्तामा जसरी भयावह अवस्था थियो । त्यसबाट अलिकति कम भएको छ । दुई हजारभन्दा बढी नेपालीहरु अमेरिकामा संक्रमित छन् । अहिलेसम्म अमेरिकामा ११ जना नेपालीको कोरोनाका कारणले मृत्यु भएको छ । पहिला जसरी क्रिटिकल अवस्था थियो । अहिले त्यसबाट सुध्रिएर निको भएर घर फर्किनेको संख्या बढिरहेको छ ।
कोरोनाकै कारण ११ जनाको मृत्यु हुँदा तपाईंहरु के गरेर बस्नुभएको छ ?
अमेरिकाको कोरोना इपीसेन्टर भएको ठाउँ न्यूयोर्क हो । जहाँ एक लाखभन्दा बढी नेपालीहरु बस्छन् । जहाँ नेपालीहरुको घनावस्ती थियो त्यही कोरोना संक्रमणको इपीसेन्टर थियो । त्यहाँका धेरै नेपालीहरुलाई कोरोना लागेको थियो । यसभन्दा पहिला अमेरिका भनेको विश्वको शक्तिशाली मुलुक सबै कुराले आत्मनिर्भर छ भन्ने लागेको थियो । तर, यो कोरोनाको महामारीपछि सबैमा आत्मनिर्भर रहेन छन् भन्ने कुरा प्रमाणित भयो । जतिबेला हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनीहरुसँग माक्स, स्यानिटाइजर, ग्लोब्सहरु थिएनन् । त्यति कुनै पनि औषधि पसलहरुमा यी चिजहरु पाइँदैनथ्यो । त्यसपछि मैले नेपाल अमेरिका जनसम्पर्क समितिमार्पmत् न्यूयोर्कभन्दा बाहिरका राज्यहरुमा बसोबास गर्ने नेपाली साथीहरुसँग सम्पर्क गरेर माक्स, स्यानिटाइजर, ग्लोब्सहरु घरघरमा गएर उपलब्ध गराएका थियौं । त्यो बेलामा हामीले जति पनि स्वयमसेवक साथीहरु हुनुहुन्थ्यो । उहाँहरुलगायत मैले पनि आफ्नो ज्यानको समेत प्रवाह नगरी ती सामाग्रीहरु घरघरमा लगेर दिएका थियौं । संकटको बेलामा जुन व्यक्तिहरुसँग खाद्य सामाग्रहरु थिएन उनीहरुलाई खाद्यन्न उपलब्ध गरायौं । अहिले पनि एक हजारभन्दा बढी मानिसहरुलाई प्रत्यक्ष रुपमा सेवा दिइरहेका छौं । न्यूयोर्कमा रहेका विद्यार्थीहरुलाई एक, एक महिनाको लागि खाद्य सामाग्रीहरु उपलब्ध गराएका छौं ।
त्यहाँ अहिले नेपालीहरु धेरै जोखिममा छन् हो ?
यहाँका ग्रिनकार्ड होल्डरहरुले बेरोजगार भत्ता पाइरहेका छन् । भने जुन व्यक्तिहरु अस्थायी बसोबासमा छन्, जस्तो विद्यार्थी, जो हिजो पार्ट टाइम काम गरेर जीवीकोपार्जन गरेका थिए, जो होस्टेलमा बस्थे तिनलाई चाहीं समस्या छ । किन भने अहिले होस्टेलहरु सबै बन्द छन् । विद्यार्थीहरु त होस्टेलमा बसेका हुन्थे त्यहाँबाट खाली गरेर बाहिर पठाइएको छ । त्यस्ता अवस्थाका विद्यार्थीलाई समस्या छ । त्यसैले हामीले अमेरिकाभरि रहेका जनसम्पर्क समिति र एनआरएनए भएर जति पनि विद्यार्थीहरु छन् तिनलाई सहयोग गरौं भनेका छौं । विद्यार्थीहरुको लागि घरभाडा, खाना र भीषाकै समस्या भएपनि त्यसलाई सहज बनाउन भनेर हामीहरु लागिपरेका छौं । अहिले नै विद्यार्थीहरुले त्यस्तो दुःख पाएको अवस्था छैन । कन्ट्रोल भइरहेको छ ।
त्यहाँ बेरोजगारहरुलाई अमेरिकन सरकारले भत्ता दिन्छ हो ?
हो, यहाँको ग्रिनकार्डवाला सबैलाई व्यरोजगार भत्ता दिइएको हुन्छ । त्यो भन्दा बाहेक प्रत्येक एडल्टलाई १२ सय डलर, बच्चाहरुलाई ५ सय डलर दिइन्छ । मैले कमाउने १०० प्रतिशतको ८० प्रतिशत व्यरोजगार भत्ता सरकारले दिन्छ । व्यरोजगार भत्तामाथि हरेक महिना ६ सय लडर आपतकालीन भत्ता भनेर थपिरहेको हुन्छ । त्यसैले यहाँका मान्छेहरुलाई आर्थिक हिसाबले त्यस्तो अप्ठ्योरो छैन ।
त्यहाँ बस्ने ग्रिनकार्डवाला नेपालीहरु नेपाल फर्कन चाहन्छन् ?
यहाँ बस्ने नेपालीहरु फर्किन चाहेका होइनन् । जो व्यक्तिहरु आफ्ना छोराछोरी भेट्न, घुम्न, उपचार गर्न, सुत्केरी स्याहार्न आउनुभएको थियो । उहाँहरु नेपाल फर्कन चाहनुभएको हो । उहाँको चिन्ता भनेको भिषा ओभरस्टेको कुरा छ । त्यसमा पनि अमेरिकन सरकारले भनिसकेको महामारीको बेलामा कसैले मेरो भिसा ओभरस्टे हुन्छ कि भनेर चिन्ता लिनुपर्दैन भनेर । तपाईंले भनेजस्तो मलगायतका मान्छेहरुमा त्यस्तो समस्या छैन । जसरी अहिलेको महामारीमा जसरी बाहिर अमेरिका सबैचिजमा आत्मनिर्भर भन्नेथियो त्यसलाई कोरोनाले चिरिदिएको छ । त्यसकारण अमेरिकाबाट मात्रै नभएर विश्वका धेरै मुलुकमा पुगेका नेपालीहरु नेपाल फर्कने सम्भावना छ ।
अमेरिकामा रहेका नेपालीहरु नेपाल आएर कृषि क्षेत्रमा काम गर्ने हो ?
खेतबारी हुने मान्छे त खेतबारीमा काम गर्लान् । नहुने पनि धेरै छन् विदेशमा त । खेतबारी नहुनेले अरु नै काम गर्नुपर्यो । तर, त्यस्ता फर्किने गरी आत्तिइहालेका छैनन् ।
मानिसमा अमेरिकाप्रति जुन खालको मोह थियो, त्यो चाहीं कोरोना संक्रमणको कारणले कमजोर भयो होइन ?
त्यो चाहीं सत्य हो । यसले मानिसलाई जीवन भनेको केही होइन रहेछ । जति बेला जे पनि हुन सक्छ भन्ने मानिसमा बनाइदियो । त्यसले जीवन भनेको केही होइन । त्यसैले धेरै पैसा मात्रै भनेर, सम्पत्ति मात्रै भनेर आफ्नो जन्मथलोदेखि घर, परिवार छाडेर धनसम्पत्तिको लागि मात्रै मरिहत्ते गरेर केही नहुने रहेछ भन्ने सोचमा परिवर्तन आउँदोरहे छ । अब केही मान्छेमा बाचुन्जेल आफ्नै जन्मभूमि, घरपरिवार, इष्टमित्र, आफन्त, छरछिमेकसँगै बस्ने सोच आउन सक्छ । त्यो सोच अमेरिकामा बस्नेहरुमा मात्रै होइन अन्य मुलुकमा बसेका नेपालीमा सोचमा परिवर्तन आउन सक्छ ।
अमेरिकाको बारेमा भन्नुस् न कोरोनाको संक्रमण त अभैm भयाबह नै छ अब के हुन्छ ?
अब विस्तारै लकडाउनको अवस्था खुकुलो हुँदै गएको छ । यहाँको अवस्था माक्स नलागउने, पब्लिक बसहरु चल्ने, उद्योग, पसल खोल्ने अवस्थामा पुगिसकेका छन् । उता संक्रमण झांगिइरहेको छ । त्यसले झन् महामारी फैलिने हो कि भन्ने डर भइरहेको छ । अहिले नै अमेरिकामा १२ लाख ९० हजार मानिसहरु कोरोनाबाट संक्रमित छन् । अहिलेसम्म यसैको कारण ७६ हजारभन्दा बढी मान्छेको त अमेरिकामा मृत्यु नै भइसकेको अवस्था छ । म बसेकै यरियामा ३ लाखभन्दा बढी मान्छेहरु कोरोनाबाट प्रभावित छन् भने २६ हजार मान्छेको त्यहाँ मृत्यु भइसकेको छ । यसलाई रोकथाम गर्न जसरी लकडाउन गर्नुपर्ने थियो त्यो फितलो भएको छ । त्यसले झन् आगामी दिनमा झन् भयावह स्थिति सिर्जना गर्न सक्छ । मानिसहरुले यो जुन महिनामा त अमेरिकामा कोरोनाले अझ बढी भयावह स्थिति सिर्जना गर्न सक्छ भनेर अनुमान गरेका छन् । यहाँ जसरी बाटोमा मानिसहरु हिंड्छन् त्यो देख्दा यहाँ कोरोनाको कुनै असर छैन जस्तो देखिन्छ । तर, नेपालीहरुमा भने त्यस्ता आत्तिहाल्नुपर्ने अवस्था छैन । अमेरिकामा बसोबास गर्ने नेपालीहरुले जातजाति, धर्म, संस्कार, संस्कृति सबै मान्छन् । राजनीतिक संघ, संगठनहरु पनि छन् । हामी नेपालीहरुले सबै जातजाति, मर्ध, समुदायले ठूलो, सानो केही नभनी सहयोगी भावले काम गरेको देखेर अरु मुलुकबाट आएका मान्छेहरु तीनछक परेका छन् ।-File Photo