Logo

विराटनगरमा ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या २७ पुग्यो



वैशाख २६, विराटनगर । विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो ।

उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एक जना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुनेको संख्या २७ पुगेको छ । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् । हिजो कपिलवस्तुका दुई जना कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । नेपालका १५ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्