Logo

भारतीय पत्रकारमा कोरोना संक्रमण देखिएपछि भारतीय संचार माध्यममा कोरोनाको त्रास



२६ वैशाख : भारतको एक समाचार च्यानलमा कोरोना भाइरसको त्रास फैलिएको छ । बीबीसी हिन्दीका अनुसार मुम्बईको ‘जय महाराष्ट्र’ नामक समाचार च्यानलमा काम गर्ने एक क्यामरा पर्सनलाई कोरोना भाइरस देखिएपछि त्रास फैलिएको हो ।

१५ दिन पहिले ति क्यामरापर्सन आफ्ना केही सहकर्मीहरुसँग कोरोना भाइरस परिक्षण गर्न परिक्षण केन्द्र पुगेका थिए । परिक्षणको केहि दिन पश्चात ३५ वर्षका ति क्यामरापर्सनमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । यद्यपी उनीमा कुनै लक्षण देखिएको थिएन ।

जय महाराष्ट्रका सम्पादकले बीबीसीसँग आर्श्चय हुँदै भने,’हामी सबैलाई यो खबरले धक्का लागेको थियो । संक्रमित क्यामरा पर्सन घरबाट बाहिर पनि निक्लेका थिएनन् ।’
सात वर्षदेखि संचालनमा आएको यस मराठी समाचार च्यानलमा कार्यरत १५ जना कर्मचारीमा कोरोना भाइरसको संकमण पाइएको छ । ती मध्य धेरैजसो रिपोर्टर र क्यामरापर्सन भएको बताइएको छ ।

मुम्बईमा तीव्र गतिमा फैलिरहेको कोरोना महामारीका कारण उक्त समाचार च्यानलले तीन साता पहिले नै आफ्ना पत्रकारलाई फिल्डमा जान रोकेको थियो । ति मध्ये धेरै जसो हाल घरमा क्वारेन्टाईनमा रहेका छन् । च्यानलमा केवल इलेक्ट्रिशियन र एक कंट्रोल रुमका प्राविधिक रहेका छन् । यस समाचार च्यानलमा पत्रकार,प्राविधिक कर्मचारी लगायतका अन्य कर्मचारी सहित एक सय २० जना कार्यरत छन् । सबै कर्मचारीहरुको कोरोना परिक्षण भइसकेको तर नतिजा बिस्तारै आउँदै गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतमा हालसम्म करिब एक सय भन्दा बढि पत्रकारमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।चेन्नईमा मात्र करिब ३५ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पाइएको छ । कलकत्ताका एक खेल पत्रकारको कोरोना संक्रमणका कारण निधन भइसकेको बीबीसी हिन्दीले जनाएको छ ।

त्यसैगरि पंजाबको ‘पंजाब केसरी’ नामक मिडियाका १९ कर्मचारीहरुमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । मुम्बईमा हालसम्म एक सय ६७ पत्रकारहरुको कोरोना परिक्षण भइसकेको छ जसमध्ये ५३ जनामा कोरोना भाइरस पुष्टि भएको हो । जसमा थप एक सय ७० पत्रकारहरुको कोरोना परिक्षण हुन बाँकी छ ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्

Screenshot