Logo

संसदमा एकता प्रदर्शन गर्न नेकपाका सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, २६ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा एकता प्रदर्शन गर्न आफ्नो पार्टीका सबै सांसदहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले सांसदहरूलाई आज पत्र पठाएर संसदको बैठकमा दलको एकता र विषयगत एकता स्पष्ट देखाउन निर्देशन दिएका हुन् । संसदको छैठौं अधिवेशन आजदेखि सुरू हुँदैछ। प्रधानमन्त्री ओलीले नेकपाको संसदीय दलको बैठक कोरोनाका कारण बस्न नसकिएको उल्लेख गरेका छन्।

पत्रमा भनिएको छ,”संसदका दुवै सदनका बैठक छोटा छरिता र मर्यादित एवम् विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरूपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरूले बुझ्नु नै भएको छु।” यसअघि प्रधानमन्त्री ओलीसँग पार्टीका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल दाहाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक शान्ता चौधरीलगायतले बालुवाटार पुगेर भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot