एजेन्सी, २६ वैशाख । इरानमा भुकम्प गएको छ । शुक्रबार विहानै गएको भुकम्पले मानवीय र भौतिक क्षति भएको छ ।
इरानको राष्ट्रिय टेलिभिजनका अनुसार ५.१ म्याग्निच्युडको भुकम्पको धक्का उत्तरी इरानमा गएको थियो । घटनामा पाँच जनाको मृत्यु हुनाको साथै सयौं घाइते भएका छन् । घर, सडकलगायत भौतिक क्षति पुगेको छ ।
मर्नेहरुमा दामाभान्द शहरका ६० वर्षीय वृद्धको टाउको चोट लागेको थियो । २१ वर्षीया महिलाको भने भुकम्पपछि त्रासले हृदयघात भएको अधिकारीहरुको भनाई उदृत गर्दै अलजजिराले जानकारी दिएको छ ।
भुकम्पको केन्द्रबिन्दु तेहरानबाट १० किलोमिटर दुरीको दामाभान्द थियो । धक्का निकै बलियो थियो । घटनापछि पराकम्प गइरहेकाले मानिसहरु त्रसित भएको जनाइएको छ ।-Photo Source: AP