काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका सांसद राजेन्द्र महतोले वर्तमान सरकार दुई तिहाई बहुमतको सरकार नभएर दुई कोडीको पनि नभएको टिप्पणी गरेका छन् । संसदको छैटौं अधिवेशन अर्थात वजेट अधिवेशन सुरु भएलगत्तै सम्बोधन गर्दै सांसद महतोले यस्तो बताएका हुन् । वर्तमान सरकारले जनताको पक्षमा काम नगरेको उनको आरोप छ । उनले भने,”बरु, यो सरकार गुण्डा लगाएर सांसद अपहरण गर्छ । कुन बेला कसलाई मुद्दा लगाएर भित्र हाल्छ थाहा छैन् । कुर्सी पाउन र जोगाउन चाहीँ यो सरकार सिपालु रैछ । त्यसको लागि त रातोरात काम गर्दोरैछ ।”