Logo

‘सांसद अपहरणमा संलग्न सबैलाई कडा कारबाही गर्न माग गर्दछु’ : देउवा



काठमाडौं, २६ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी, नेपालका सांसद डाक्टर सुरेन्द्र यादवको अपहरण र त्यसमा पनि कुनै न कनुै रुपले सरकारमा संलग्नता देखिएको आरोप लगाएका छन् । संसदको वजेट अधिवेशनमा सम्बोधन गर्दै नेता देउवाले यस्तो बताएका हुन् । उनले भनेका छन्,-“एक सांसदको अपहरण र त्यसमा पनि कुनै न कुनै रुपले सरकारको संलग्नता देखिनु अर्को दुर्भाग्यपूर्ण कार्य हो । म यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्