काठमाडौं, २६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमागेको स्पष्ट पारेका छन् । आज राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,”मैले प्रधानमन्त्रीको राजीनामा मागेको छैन् । अहिलेसम्म हामीले प्रधानमन्त्रीको आधिकारिक राजीनामा मागेका छैनौ । बरु, स्थायी कमिटीको बैठक राख्न माग गरेको हो । यदि बैठक राख्न सक्नुभएन भने पार्टी दुर्घट्नामा जान्छ ।” उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनमत जाँच्न चूनौति समेत दिएका छन् ।