महाभारतको युद्धपछि जब दुर्योधन र उनका सयौ भाईहरुको मृत्यु भएकोले उनीहरुको माता गान्धारी धेरै दुखी भईन् । उनी आफ्नो छोराहरुको शवमा शोक व्यक्त गर्न रणभुमिमा आएकी थिइन् । भगवान कृष्ण र पाण्डव पनि साथमा गएका थिए । गान्धारी धेरै दुःखी भएर रुदै कृष्णलाई ३६ वर्षपछि मर्ने श्राप दिइन् । भगवान कृष्णले मुस्कुराएर आफु माथी लगाएको अभिषाप स्विकार गरे । र ठिक ३६ वर्ष पश्चात उनको एक सिकारीको हातबाट मृत्यु भयो ।
कौरव र पाण्डवबीचको युद्धले कुरुक्षेत्रको माटो पनि रातो गराएको थियो । आज पनि कुरुक्षेत्रको भुमिमा रातो रंगको माटो देख्न सकिन्छ । ईष्या, लालच र घमण्ड यी तीन कारणले दाजुभाईको छोराहरुबीच संग्रामको कारण बन्यो । एक तर्फ १०० कौरव र अर्को तर्फ ५ पाण्डव । कृष्णले देखि भीष्म पितामय, द्रोण शिखण्डी आदी सबै ठुला ठुला धुरन्धरले पनि यस युद्धमा भाग लिएका थिए ।
मौसल पर्वको कहानीमा श्रीकृष्णले मानव रुप छोड्ने र उनको मृत्यु पश्चात द्धारिकामा के के घटना घट्यो त्यसको वर्णन गरेको छ । यो घटना महाभारत युद्धको ३५ वर्ष पश्चात यो घटना हो । कृष्णको द्धारिका धेरै शान्त र आनन्द थियो जहाँ युवाहरुको सभन्ध चन्चलता धेरै नै सामान्य थियो र सबै भोग विलासमा लिप्त थिए ।
एक पटक श्रीकृष्णको छोरा साम्बले रक्सी पिएर स्त्रीको भेषमा आफ्नो साथीहरुसँग रमाउदै थिए । उक्त समय विश्वामित्र, दुर्वासा, वशिष्ठ र नारद कृष्णसँग औपचारिक बैठकको लागि द्धारका पुगेका थिए । स्त्रीको भेषमा साम्बले ऋषिहरुलाई भने, उ गर्भवती छ उसको गर्भमा कुन लिंग छ ? ऋषिहरुलाई सोधेको प्रश्न सुनेर रिसाए र श्राप दिए, यस्तो बच्चालाई जन्म दिनेछ जसले उसको कुल र साम्राज्यको विनाश हुनेछ ।
साम्बले हजुरबुवा उग्रसेनलाई यो कुरा बताए, उग्रसेनले साम्बलाई भने, त्यो ताम्बेको तीर चुर्ण बनाएर प्रभास नदिमा बगाउनुु यसरी श्रापबाट छुटकारा पाइन्छ । साम्बले उग्रसेनले भने झै सबै गरे । उग्रसेनले पनि आफ्नो राज्यमा रक्सि बनाउन र वितरण गर्न रोक लगाए । यस घटना पछि द्धारिकामा विभिन्न अशुभ संकेत देखिन थाल्यो । सुर्दशन चक्र कृष्णको शंख, उनको रथ र बलरामको हलको अदृश्य हुन थाल्यो । अपराध र पाप बढ्दै जानाले लाज –शरम जस्ता चीजको समाप्त हुदै गयो । स्त्रीले आफ्नो पतिलाई विश्वास घात गर्नै जस्ता सामान्य घटना क्रम बढ्दै गयो ।
चारै तिर अपराध, अमानविय र पाप कार्य, ठुला बडाको असम्मान, निन्दा जस्ता नराम्रो प्रथा द्धारिकाको मानिसहरुको जीवन बन्दै गएको थियो । यो सबै देखेर भगवान श्रीकृष्ण दुखि भएर प्रजाहरुलाई प्रभास नदिको किनारमा गएर तीर्थ यात्रा गरेर पापबाट मुक्ति हुन भने । तर सबै यादवहरु प्रभास नदिको किनारमा पुगेर मदिरा सेवन गरेर, भोग विलासमा लिप्त भए । उतै नाच्ने गाउने र मदिराको सेवन गर्न थाले ।
मदिराको सेवनले चुस्त भएर सात्याकि कृतवर्माको मा गए र अश्रथमालाई मार्ने कुरा गर्न थाले, पाण्डवहरुको आलोचना गर्न थाले । कृतवर्माले पनि आफ्नो घमण्ड देखाउन थाले र विवाद बढ्रदै जाँदा कृतवर्माको हत्या भयो ।
कृतवर्माको हत्या गरेको अपराधमा अन्य यादवहरुले सात्यकिलाई घाटमा छोडीदिए । यो कुरा कृष्णलाई थाहा भयो र तुरुन्तै प्रकट भएर एरको घासलाई हातमा यठाए त्यो घास एक लठ्ठीमा परिर्वतन भयो जसले श्रीकृष्णले दोषीलाई सजाय दिए । मदिराको नशामा सबैले घाँसलाई आफ्नो
हातमा लिए र उक्त घास लोहेको लठ्ठी बन्यो र जसले सबै मानिस एक आपसमा लडे र मार्न र मासन थाले । वभ्रु दारुक र कृष्ण मात्र बाचे । बलराम यो घटनामा थिएनन् त्यसैले बाचे । केहि समय पश्चात बलराम पनि मरे । बलरामको मृत्युपछि कृष्णले दारुकलाई पाण्डवकोमा जाउ र सबै घटना बताएर मद्दत लिएर आउ भने । दारुक इन्द्रप्रस्थ तीर ग एभने कृष्णले आफ्नो देह त्याग गरे । जीरु नामको सिकारीले माछाबाट निकालेको धातुको टुक्राले हरिण भनेर तीर चलाएका थिए तर उक्त तीर वनमा ध्यान बसेका कृष्णको खुट्टामा चोट लाग्यो र कृष्णको मृत्यु भयो । धार्मिक ग्रन्थको सहयोगमा