Logo

पुटिन चीन जाने



एजेन्सी २६ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । उनले औपचारिक भ्रमण अगामी सेप्टेम्बरमा गर्नेे चीनका लागी रुसी राजदूत आन्द्रे डेनिसोभले शुक्रबार जानकारी दिएका हुन् ।

रुसी समाचार संस्था तासका अनुसार पुटिनको भ्रमण जुलाईमा राखिएको थियो । कोरोना माहामारीका कारण उनको भ्रमण जुलाइबाट धकेलिएर सेप्टेम्बरमा पुगेको निश्चित जस्तै भएको छ । तर, मिती भने महामारीका कारण अझ लम्बीने सक्ने र अन्यौल रहेको राजदूत आन्द्रेले जनाएका छन् ।

प्रत्येक वर्ष चीन र रुसबीच चार पटक दूई तर्फी भ्रमण हुने गर्दछ । उक्त भ्रमणलाई निश्चित गर्ने अधिकारीहरु निरन्तर छलफल गरिरहेको जानकारी राजदूतले दिएका छन् । छलफलको विषय अझै खुलिसकेको छैन् । रुस र चीन निकै नजिकका मित्र हुन् । File Photo



प्रतिक्रिया दिनुहोस्