Logo

अमेरिकामा दुई करोडले रोजगारी गुमाए



एजेन्सी, २६ वैशाख । कोरोना भाइरसको संक्रमणले अमेरिकालाई सबैभन्दा संकटमा पारेको छ । त्यहाँ २ करोड मानिस बेरोजगार भएका छन् ।

अप्रिलमा मात्र अमेरिकी अर्थतन्त्रमा यति ठूलो धक्का परको छ कि २ करोड ५ लाख मानिसले रोजगारी गुमाएका छन् । शुक्रबार अमेरिकाको ब्युरो अफ लेबर स्टाटिस्टिक्सले उक्त संख्याका मानिसले रोजगारी गुमाएको सीएनएनले जनाएको छ । यो अहिलेसम्मकै सर्वाधिक संख्या हो
सन् २००८ मा अमेरिकामा आर्थिक संकट बढ्दा पनि ठूलो संख्यामा मानिसहरुले रोजगारी गुमाएका थिए । तर, अहिलेको संकट इतिहासकै उच्च हो । अमेरिकामा बेरोजगारी दर १४.७ प्रतिशतले बढेको छ ।

खाद्यान्न उत्पादन स्टोर, होटल तथा रेष्टुरेन्टसहित पर्यटन, यातायात क्षेत्रमा सबैभन्दा बढी संख्यामा रोजगारी गुमाउने पर्दछन् ।
अमेरिकामा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित संख्या छ । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुने संख्या पनि विश्वमै सर्वाधिक छ ।-Photo Source: Agency 



प्रतिक्रिया दिनुहोस्