Logo

भारतले विदेशमा रहेका नागरिक उद्दार थाल्यो



एजेन्सी, २७ वैशाख । भारतले विदेशमा अलपत्र परेका आफ्ना नागरिकलाई धमाधम उद्दार गर्न थालेको छ । विमान र समुन्द्री जहाज पठाएर उसले उद्दार कार्य बढाएको हो ।

कोरोना भाइरसको रोकथामका लागि विश्वका अधिकांश देशमा लकडाउन रहेकोले भारतले कुटनीतिक माध्यमबाट सम्पर्क गरी उद्दार शुरु गरेको हो । बन्दे भारत मिसन र अपरेशन समुन्द्र सेतु नाम दिइएको यो अभियान अन्र्तगत सिंगापुर, रियादलगायत देशबाट भारतीय नागरिक लगेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

मालदिभ्समा रहेका नागरिकलाई समुन्द्री जहाजबाट शुक्रबार लगेको छ । बहराइनबाट पनि नागरिक लगेको जनाइएको छ । बेलायतलगायत युरोपका मुलुकमा घुम्न गएका र अध्ययनका लागि गएकाहरुलाई पनि फिर्ता लिन भारतीय विमान जाने भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्