Logo

कोरोना संक्रमित एक लाख नाघ्दा पनि ब्राजीलका राष्ट्रपतिद्वारा नजरअन्दाज



एजेन्सी २७ वैशाख । ब्राजिलमा कोरोना भाइरसका संक्रमित संख्या एक लाख नाघिसकेको छ । मृतक संख्या ९ हजार कटिसकेको छ । तैपनि ब्राजिलका राष्ट्रपति ज्यायार बोलसनारोको चेत खुलेको छैन । उनी कोरोना महामारी उचाईमा पुगिसकेको र अब मृतक र संक्रमित वृद्धि दर घट्ने दाबी गरिरहेका छन् ।

बोलसनारोले कोरोना महामारीलाई बारम्बार नजरअन्दाज गरिरहेका छन् । ब्राजीलमा भाइरसले निरन्तर उकालो लागिरहेको अवस्थामा किन उनले नजरअन्दाज गरेको भन्ने विषयले सबैको ध्यान केन्द्रित गरेको छ ।बोलसनारोका सहयोगीलाई समेत कोरोनाको संक्रमण लागेको पुष्टि उनकै कार्यलयले गरेको थियो । ब्राजिलमा निरन्तर त्रास र भय पैदा गरिरहेको उनले आफूहरु कोरोनाको उच्च जोखिमबाट उन्मुुतिm पाएको जिकिर गर्दै आएका छन् । ब्राजीलका विज्ञहरुले अगामी दिनमा खतरा निकै बद्ने बताएपनि राष्ट्रिपतिले भने भयाबह स्थितिबाट पार पाइसकेको डेली ब्रिफिङमा भनेका छन् ।

उनले बारम्बार कोरोना महामरीमा अपनाइएको क्वारेन्टाइन र लिकडाउनले ब्राजीलको अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरेहेको समेत बताइरहेका छन् । बोलसनारो र वित्तमन्त्री पाउलाले देश पुनः सञ्चालन नभए पूर्ण रुपमा बन्द हुन सक्ने ब्राजीलका सर्वैच्च अदातमा भनेका छन् । अगामी दिनमा महामारी भन्दा भोकमरीले मानिसको ज्यान जाने जिकिर समेत गरे । उनले ठूलो महामारीलाई निकै सानो महामारीको संज्ञा दिँदा आलोचित भएका छन् । ब्राजिलका नागरिकको शरिरमा पहिलैदेखि एन्टीबडी हुने कारणले कुनैपनि महामारीले छुन नसक्ने समेत बताइरहेका छन् ।

बोलसनारोले दूई पटक कोरोना परिक्षण गर्दा नतिजा नेगेटिभ आएको बताए । सामाजीक दुरीले कोरोनाको संक्रमण नियन्त्रण नभएको कारण बेकार रहेको ब्रिफिङमा बताएका छन् । यस विषयलाई लिएर उनी निकै आलोचीत भएका छन् । न्यानमन्त्रीको राजीनामापछि प्रहरीद्वारा जारी अनुसन्धानमा हस्तक्षेप गरेको भन्दै उनीमाथि महाअभियोग लगाउने सकिने एक सर्वेले प्रवल सम्भावना देखाएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot