Logo

नीति तथा कार्यक्रम जेठ २ मा



काठमाडौँ, २७ वैशाख । राष्ट्रपति विद्या भण्डारीसँग प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भेट गरी सङ्घीय संसद्को अधिवेशनको तयारीबारेमा जानकारी गराएको छ ।

राष्ट्रपतिलाई नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आउँदो जेठ २ गते सङ्घीय संसद्को संयुक्त सदनमा प्रस्तुुत गर्ने कार्यक्रम रहेको अवगत सभामुखले गराएको छ । भेटवार्तापछि राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले सो जानकारी दिएको हो । नेपालको संविधान अनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संयुक्त सदनमा प्रस्तुुत गर्ने व्यवस्था छ ।

सभामुखले सङ्घीय संसद्को छैटौँ अधिवेशन, चालू वर्षे अधिवेशन सञ्चालनका विषय, सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उहाँहरूबीच छलफल भएको जानकारी सभामुखको निजी सचिवालयले दिएको छ । सभामुखले कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनले गरेको दिशानिर्देश अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी पनि राष्ट्रपतिसमक्ष गराएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्