Logo

कोरोना भेटिएपछि कन्ट्रयाक्ट ट्रेसिङ टोली कपिलवस्तुमा



कपिलवस्तु, बैशाख २७ । मायादेवी गाउँपालिका– ४ अभिरावका दुई युवामा कोरोना सङ्क्रमण देखिएपछि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्रयाक्ट टे«सिङका लागि प्रादेशिक अस्पतालबाट चार सदस्य टोली आज कपिलवस्तु आएको छ ।

टोलीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलसहित स्वास्थ्यकर्मीसँग छलफल गरेको थियो । प्रादेशिक अस्पतालका डा यदुनाथ घिमिरृको नेतृत्वमा टोली सङ्क्रमितको अभिरावस्थित घरमा पुगेको प्रजिअ पौडेलले जानकारी दिए ।

टोलीले संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आवश्यक परीक्षणसमेत गर्नेछ । टोली पकडीस्थित छत्रपाली तीर्थादेवीको क्वारेन्टाइनमा समेत जानेछ ।

अभिरावका १६ र २२ वर्षका युवकमा कोरोना सङ्क्रमण देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्