कैकाली, बैशाख २७ । कैलालीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराईरहेकी कोरोना संक्रमित महिला डिस्चार्ज भएसंगै सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको छ।
शुक्रवार लगातार दुई पटक सम्म रिपोर्ट नेगेटिभ आएपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला अस्पतालबाट डिस्चार्ज भएसंगै सुदूरपश्चिम प्रदेश कोरोना बिरामी मुक्त भएको हो।