Logo

भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु, २८ संक्रमित



नयाँदिल्ली, बैशाख २७ । भारतमा रहेका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।मृतक हुनेमा पाल्पाका ४५ वर्षीय पुरुष हुन् । उनको हरियाणामा मृत्यु भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

संक्रमित नेपालीहरुमध्ये २३ जना रोजगारीका लागि भारतमा बस्दै आएका हुन् भने अन्य पाँच जना केही महिनाअघि मात्र भारत गएका थिए ।

संक्रमित नेपालीहरुमध्ये एक जनाको मृत्यु भइसकेको छ भने १२ जना उपचारपछि निको भइसकेका छन् । बाँकी १५ जनाको उपचार चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्