Logo

२४ घण्टायता अमेरिकामा १५ सय भन्दा बढीको मृत्यु, भयाबह स्थिति बन्दै



एजेन्सी २७ वैशाख । २४ घण्टायता अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ नाघेको छ भने २६ हजार ९ सय ६ वटा नँया केस दर्ता भएको छ । अमेरिकामा मृत्यदर निरन्तर उकालो लागिरहेको कारण अवस्था गम्भिर भएको छ ।

भाइरसको संक्रमणबाट अमेरिकामा कुल संक्रमितको संख्या १२ लाख ८३ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ७७ हजार एक सय ८० रहेको तथ्यांकले दखाएको छ ।

संक्रमणको केसहरु अमेरिकाको ५० वटै राज्यबाट आएकोे जनाइएको छ । भाइरसको संक्रमणमा रोक लगाउन अ‍ेमरिकामा समेत लकडाउनको अवस्थामा रहेको छ ।

देशको सम्पूर्ण कार्य टप्प हुँदा अमेरिकामा बेराजगारी दर समेत उकालो लागिरहेको छ । अमेरिकामा बेरोजगारको संख्या साढे दुई करोड पुगेको छ । बेराजगारी संख्यामा अमेरिका पहिलो स्थानमा रहेको छ भने दास्रो स्थानमा क्यानडा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्