Logo

‘ब्याक अफ ईण्डिया’ नारा लगाउँदै विरोधमा उत्रिएका अनेरास्ववियुका नेता/कार्यकर्ता लैनचौरबाट पक्राउ (भिडियोसहित)



काठमाडौं, २७ वैशाख । भारतीय दूतावासमा जुलुश तथा धर्ना दिन गएका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । भारतले नेपालका भूमि अतिक्रमण गरेको भन्दै काठमाडौंस्थित् भारतीय दूतावासअघि विरोध प्रर्दशन गर्न हिँडेका विद्यार्थीहरुलाई लैनचोर नपुग्दै उत्तरढोका अघिबाट प्रहरीले पक्राउ गरेको हो । पत्रकार ऋषि धमलाका अनुसार विरोध प्रदर्शन गर्ने करिब ३० जना विद्यार्थीहरुलाई प्रहरीले भ्यानमा हालेर लगेको छ । पक्राउ पर्नेहरुमा अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुली, केन्द्रिय सदस्यहरु महेश श्रेष्ठ, अशोक थापा, रोहन विष्ट र उत्तर खड्कालगायत ३० जना रहेका छन् ।

भारतीय दूतावास घेर्न पुगेको अनेरास्ववियुका नेता/कार्यकर्ताहरुलाई प्रहरीको धरपकड

ब्याक अफ ईण्डिया नारा लगाउँद्यै भारतीय दूतावास घेर्न पुगेको अनेरास्ववियुका नेता कार्यकर्ताहरु पक्राउ

Posted by ReportersNepal on Saturday, 9 May 2020

विद्यार्थीहरुले प्रहरीले धरपकड गरेको भन्दै प्रहरी दमन मुर्दावादको नारा लगाएका थिए । उनीहरुले भारतीय सेना मुर्दावादको पनि नारा लगाएका थिए । भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेपछि उनीहरुले विरोध गरेका हुन् । विद्यार्थीहरुले ब्याक अफ ईण्डिया भन्दै चर्को नारा लगाएका थिए ।

तस्विर : अमृत खतिवडा,मुकुन्द कालिकोटे /रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot