Logo

पूर्व जर्नेल बस्न्यात, पूर्व एआइजी श्रेष्ठ र पत्रकार योगी रिहा



काठमाडौं, २७ वैशाख । पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठ र पत्रकार अनिल योगी रिहा भएका छन् । आज शंकपार्कमा भारतले लिपुलेकबाट व्यापार मार्ग खोलेको विरोधमा बोल्दै गर्दा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर दुई घन्टापछि रिहा गरेको हो ।

पूर्व जर्नेल बस्न्यातले आफूहरुले लकडाउनको दुरी राखेर कार्यक्रम गर्दै गर्दा पक्राउ परेको जानकारी दिए । प्रहरीले दुई घन्टा राखेको र अति राम्रो व्यवहार गरेको बताए ।

पूर्व एआइजी ठाकुरमोहन श्रेष्ठले पनि सरकारले प्रहरी हस्तक्षेप गराई नियन्त्रणमा लिई रिहाई गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot