Logo

ओली-दाहालद्धारा भारतीय कदमको विरोध, लिपुलेकमा सडक निर्माण कार्य रोक्न आग्रह



काठमाडौं, २७ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भारतले नेपाली भूमि लिपुलेकमा सडक बनाएकोमा आपत्ति जनाएका छन् । अध्यक्षद्धयले भारतलाइृ नेपाली भूमीमा जारी राखेको सडक निर्माण कार्य तत्काल रोक्न समेत आग्रह गरेका छन् ।

आज शनिबार दुवै अध्यक्षले संयुक्त विज्ञप्ती निकालेर यस्तो आग्रह गरेका हुन् । भारतले हिजो (शुक्रबार) लिपुलेक हुँदै मानसरोवर जाने सडकको उद्‌घाटन गरेको कुरा रक्षामन्त्री राजनाथ सिंहले ट्विटरमार्फत जनाएका थिए । त्यसको भोलिपल्ट आज ओली र दाहालले वक्तव्य जारी गरेर भारतीय कदमको विरोध गरेका हुन् ।

सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको उनीहरुको निश्कर्ष छ । उक्त क्षेत्रमा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।  त्यस्तै, अध्यक्षद्धय ओली र दाहालले नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्नका लागि दुवै देशका सरकारलाई तत्काल कुटनीतिक पहल गर्न आग्रह पनि गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot