Logo

आजबाट देशभरका बैंक तथा वित्तीय संस्था खुल्दै



काठमाडौं, बैशाख २८ । लकडाउनका कारण आसिंक रुपमा खुल्दै आएका बैंक तथा विक्तिय संस्थाहरु आजदेखि देशैभर पूर्ण रुपमा खुल्ने भएका छन ।

यही वैशाख २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी उक्त संस्थाहरु खुल्ने भएका हुन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ।



प्रतिक्रिया दिनुहोस्