Logo

चीनले भन्यो- विश्वको सर्वोच्च शिखर एभरेष्ट चीनको तिब्बतमा पर्छ



काठमाडौं, २८ वैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो आफ्नो भन्दै चीनले प्रचार गरेको छ । उसले सगरमाथाको तस्बिरहरु राखेर सगरमाथा चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको भन्दै प्रचारप्रसार गरेको हो ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटर पेजमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सुर्यको दृश्य भनी तस्बिर राखेको छ । जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको छ ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्क चीन सरकारको आधिकारिक टेलिभिजन हो । यसले विश्व परिवेशमा चीनको आधिकारिक धारणा सार्वजनिक गर्नुका साथै त्यससम्बन्धी समाचार प्रसारण र प्रकाशन गर्छ । उक्त टेलिभिजनमा सगरमाथा चीनमा पर्छ भनी उल्लेख गर्नुले गम्भीर प्रश्न उठाएको छ । चीनमा सगरमाथालाई कोमोलोङमा भन्ने गरिन्छ ।

सगरमाथाको चुचुरो नेपालमा पर्छ र यसलाई विश्वले पनि स्वीकार्दै आएको छ । तर, चीनले पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालाई कोमोलोङमा भन्दै आफ्नो देशमा पर्ने प्रचार गर्न थालेको छ । चीनले सगरमाथाको उचाई आफ्नो तर्फबाट नाप्न थालेको छ ।

विश्वस्त स्रोतका अनुसार चिनियाँ पक्षले नेपाली पक्षसँग संयुक्त रुपमा सगरमाथाको उचाई नाप्द दबाब दिने गरेको छ । तर, नेपालले आफ्नै खर्चमा आफै नापिरहेको छ । चिनियाँ पक्षले सगरमाथालाई साझा देखाउने र यसको चुचुरोमा आफ्नो पनि अधिकार रहेको प्रमाणित गर्ने क्रियाकलाप गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot