Logo

लिपुलेक भएर व्यापार मार्ग खोल्ने विषयमा चीनको पनि गल्ती छ- डा. प्रकाशचन्द्र लोहनी



काठमाडौं, २८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग परराष्ट्र क्षेत्रको गहिरो जानकारी छ । उनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई गहिरोसँग बुझेका छन् । पछिल्लो समय भारतले लिपुलेक हुँदै खोलेको व्यापारिक मार्गबारे उनले गम्भीर प्रश्न उठाएका छन् । यीनै विषयमा डा. लोहनीसँग एनआरएन रेडियोको नेपाली बहसमा ऋषि धमलाले गरेको कुराकानीः
नेपाली भूमिमा भारतले २२ किलोमिटर सकड बनाइसक्दा हामी कहाँ छौं ?
भारतबाट नेपालको भूमिमा जसरी सडक बनाउने काम भएको छ । त्यो सरासर गलत हो । यसले नेपालको सार्वभौमिकतामाथि चुनौति दिएको देखिन्छ । मित्रराष्ट्रबाट भएको यो अत्यन्तै गलत काम हो । कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको हो भन्ने प्रमाणहरु प्रशस्त छन् । म परराष्ट्रमन्त्री भएको बेलामा पनि सुस्ता र कालापानी विवाद हुँदा हामीले ‘कालापानी हाम्रो हो, हामीसँग प्रमाणाहरु यी छन् । सुगौली सन्धिदेखि यता विभिन्न समयमा निस्किएका नक्साहरुको आधारमा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भू–भाग हो’ भन्यौं । त्यतिबेला तपाईंहरुको भए प्रमाण ल्याउनुस् भन्दा भारतले ‘यसलाई अहिले विवादास्पद भनेर राखौं के छ त्यो हामी हेर्छौ । यसको बारेमा अहिले कुनै निर्णय नगर्ने भनेर उनीहरु पन्छिए । त्यसकारण म परराष्ट्रय हुँदा नेपाल सरकारले राम्रोसँग कुरा राखेको हो । त्यसबेला उनीहरुले अहिले केही नगर्ने भनेर पछि हटेर टार्ने काम गरे । खासमा भन्ने हो यो जमीन विवादास्पत हो । यो मानेमा विवादास्पद कि हामीले हाम्रो भनेको उनीहरुले पनि दावी गरेको ।
प्रमाणहरु हेर्दा त हाम्रै पक्षमा देखिन्छ नि ?
प्रमाण नहेर्ने हो भने त कुन देशको कहाँसम्म सीमाना भनेर छुट्ट्याउनै सकिँदैन नि । सुगौली सन्धि भएको बेलाको नक्सालाई नमान्ने हो नेपालको सीमाना कुन हो त ? त्यसलाई नमान्ने हो भने कि काँगडा–टिस्टासम्म हुनुपर्यो । होइन सुगौली सन्धीयताका पुराना डकुमेन्टका आधारमा हुने हो भने त्यो जमीन नेपालको हो । त्यसमा नेपाल अडिलो हुनुपर्छ । तर, नेपाल सरकारबाट अर्को अचम्म लाग्दो कुरा के भने यो बाटो बन्नलाई कम्तिमा तीन, चार वर्ष त लाग्यो होला ।
सन् २००८ बाट सुरु भएको आज १२ वर्ष भइसक्यो नि काम सुरुभएको ?
त्योबेलादेखि बाटो बन्न थालेको नेपाल सरकारलाई त थाहा थियो होला नि । सीमानामा रहेको आफ्नो जग्गामा अर्को देशले बाटो बनाउन थालेका कुरा समयमा किन नभनेको ? तपाईं लालपुर्जा भएको जमीनमा छिमेकीले च्यापेर पर्खाल लगाउन थाल्यो भने यो मेरो जमीन हो भन्नुपर्यो नि ।
यत्रो बाटो बनुनजेल नेपाल सरकार किन बेखबर भयो ?
यसमा नेपाल सरकारले वास्ता नगरेको देखिन्छ । अर्को यो समस्याको बारेमा भारतका प्रधानमन्त्री पटक–पटक नेपाल आउनुभयो । नेपालका पनि भारत जानुभयो । यो समस्याको बारेमा त्यो तहमा किन कुरा नउठाएको ? प्रधानमन्त्रीको भेटघाट केका लागि हुन्छ । भेटिएका व्यक्तिबाट आफ्नो देशको भू–भाग मिचिँदा किन कुरा उठाइँदैन । भेट हुँदा चाहिं राम्रा–राम्रा कुराको भलाकुसारी गरेर हिड्ने । चित्त नबुझेका कुरै नउठाउने । अनि समस्या भइसकेपछि हामी आत्तिने । यो सबैलाई हेर्दा अहिले सत्तामा बस्नेहरुले सीमा सुरक्षाबाट राष्ट्रलाई जोगाउन नसकेको हो ।
अहिलेसम्म नेपाल सरकार आफ्नो देशको नक्सा किन सार्वजनिक गर्न सकेन ?
हो, अहिलेसम्म नेपाल सरकारले आफ्नो भू–भाग समेटेर किन नक्सा सार्वजनिक गर्दैन ? यो नेपाल सरकारबाट जुन व्यक्तव्य निस्किएको छ । त्यति वक्तव्य दिनसक्ने सरकारले त्यो जमीन भारतले हाम्रो हो भनेर नक्सा निकाल्दा हाम्रो तर्पmबाट यो त हाम्रो हो भनेर किन ननिकालेको ? ६ महिनादेखि त्यो नक्सा निकालौं भनेर नेपालका पार्टी, सांसद्हरुले भनेका छन् । तर, नेपाल सरकार कानमा तेल हालेर बस्यो । राष्ट्र भनेको मान्नेहरुको समूह हो । त्यसकारण आफ्नो जमीनमा छिमेकी पर्खाल लगाउन थाल्यो भने मेरो हो भनेर बोल्नुपर्यो । बोल्ने बेला र ठाउँमा कहिल्यै पनि नबोल्ने, चुपचाप बस्ने । जब उनीहरुले जमीन च्यापेर पर्खाल गगाउने, आफूतिर तान्ने, सडक खन्ने बेलामा नबोल्न नसक्ने । यो कमजोरी नेपाल सरकारको हो । नेपाल सरकारले आफ्नो देशको राष्ट्रिय स्वार्थको बारेमा उभिन नसकेको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त ‘भारतले सडक खनेको कुरा सरकारलाई पहिलादेखि नै थाहा थियो भन्नुभयो नि ?
यो त नेपाल सरकारको लम्पसारवाद हो । किन यो बेलामा मित्रराष्ट्रले जानेर होस् या नजानेर । म नजानेर पनि भन्दिनँ । उनीहरुलाई यो जमीन विवादास्पद भन्ने पहिलादेखि नै थाहा छ । यो भारतले जानी–जानी बुझ पचाएको हो । भारतले आफ्नो जमीनमा यत्रो बाटो बनाउन नेपाल सरकारले यो जग्गा हाम्रो हो । यहाँ बाटो नबनाउनुहोस् भनेर नेपाल सरकारले किन नभनेको ? यो बडो दुःखलाग्दो कुरा हो । जसरी नेपाल सरकारले हिजो विज्ञप्ति प्राकाशित गरेर विरोध गरेको छ त्यो राम्रो कुरा हो । तर, त्यो विरोध बाटो बन्न लाग्दै आउनुपथ्र्यो । त्यो कुरा नेपाली जनतालाई थाहा दिनुपथ्र्यो । त्यो भएको भए नेपाली जनताले आवाज उठाउँथे त्यो भइदिएको भए सके उनीहरुले अर्कोतिरबाट लैजाने थिए । नेपालको जमीनमा बाटो बनाउनु ठूलो कुरा भएन । तर, नेपालको स्वीकृति र छलफल बिना एकलौटी ढंगले नेपालको भूमिमा बाटो बनाउँनु भारतबार सरासर गलत काम भएको छ । यसको बारेमा नेपाल सरकारले तत्काल पहल लिएर वार्ता हुनुपर्छ । त्यो सचिवस्तरीय, त्यो भएन उच्चस्तरीय कुटनीतिक वार्ताबाट वार्ता थाल्नुपर्छ । जति वर्ष लागोस् आफ्ना कुरा र दावी नेपाल सरकारले छोड्नुहुँदैन ।
यो विषयमा त चीनले पनि भारतलाई साथ दियो नि अब यसलाई अन्तर्राष्ट्रियकरण गर्ने कि नगर्ने ?
चीन र भारतले सम्झौता गरेर जसरी यो काम भएको छ । त्यसकारण चीनसँग पनि विरोध गर्नुपर्छ ।
सुशील कोइराला प्रधानमन्त्री हुँदा नरेन्द्र मोदी र सि जिन पिङ भएर बेइजिङमा सम्झौता गरेका होइनन् ?
हो, यसमा चीनको पनि गल्ती छ । त्यसकारण हाम्रो जमीनमाथि ‘तपाईंहरुले गल्ती गर्नुभयो’ भनेर चीनलाई भन्नुपर्छ । पूर्व छिमेकी होस् या पश्चिमको हाम्रो जमीन च्यापेकै हो । यसमा स्पष्ट रुपले भन्न सक्नुपर्छ । सार्वभौम राष्ट्रले आफ्नो सीमाको रक्षा गर्न सक्नुपर्छ । सीमामा छिमेकीहरुबाट समस्या आयो भने बोल्न सक्नुपर्छ । हामी सानो, एक्लै छौं भनेर डराउने होइन यो संसारमा अरु पनि देशहरु छन् । त्यसकारण हामीले आवाज उठाउनुपर्छ ।
नेपाली जनता लकडाउनमा बसेका बेला भारतले जमीन मिचेर बनाएको बाटो उद्घाटन ग¥यो भने चिनीयाँ नागरिकहरुले सिंहदरबारको मुल गेटमा विरोध प्रदर्शन गरे किन यस्तो भएको ?
त्यो जमीनमा नेपालको कानुन लाग्छ । त्यो कानुनको विपरीत जाने छुट न नेपालीलाई छ, न विदेशलाई छ । त्यसकारण उनीहरुले गरेको क्रियाकलाप गलत हो । उनीहरुको नागरिकले विरोध प्रदर्शन गरेपछि चिनीयाँ दूतावासले ‘नेपालमा बसेको बेला नेपालको कानुन मान्नुपर्छ’ भनेर स्टेमेन्ट दिएको छ, त्यो ठीक हो । तर, नेपालमा जसरी विदेशीहरुबाट निषेधाज्ञा तोड्ने काम भएको छ । त्यो निषेधाज्ञा तोड्नेलाई नेपालमा कानुन लाग्छ । त्यो कानुन चाहे नेपाली होस् या विदेशी दुवैलाई लाग्छ । त्यसकारण उनीहरुले जसरी त्यो ठाउँमा विरोध प्रदर्शन गरे, त्यो गलत हो । त्यसलाई नेपाल सरकारले रोक्नुपथ्र्यो, रोकेको पनि छ ।
त्यसोभए भारत र चीनबाट नेपालमाथि चौतर्फी आक्रमण सुरु भएको हो ?
यसलाई त्यसरी सम्झिनुहुँदैन । उहाँहरु हाम्रा मित्र राष्ट्र भनेका मित्रहरु नै हुन् । उनीहरुले हामीप्रति मित्रता नै देखाएका छन् । सीमाविवाद भनेकै छिमेकीसँग हुने हो । सीमा विवाद सीमाना नजोडिएका देशहरुसँग हुँदैन । सीमाना जोडिएकै छिमेकीसँग आउँछ । जग्गाको साध, सीमाना सम्बन्धी अदालतमा मुद्दा प¥यो भने कस्ले भन्छ, ‘फलानाको जग्गा यतिदेखि यहाँसम्म हो’ छिमेकीले नै भन्ने हो । यो छिमेकीसँगै हुने हो, भारतको हिजो बंगलादेशसँग भएको थियो उसले मिलायो । भारतको अरु देशसँग पनि छ । यो समस्या छिमेकी मुलुकसँगै हुने हो । तर, आफ्नो सीमाना मिचिएको देखियो भने यो ठीक भएन भनेर आजको विश्वमा आवाज उठाउनुपर्छ । ठूलो देश होस् सानो होस् आवाज त उठाउनुपर्छ । नेपालले हिजो पठाएको नोटिस ठीक छ । तर, त्यसलाई समयमै पठाउनुपथ्र्यो । यो विषयमा अहिलेका सत्ताधारीहरु जो राष्ट्रियताको नाममा ठूला–ठूला कुरा गर्थे आज किन चुपचाप बसेका छन् ? हिजो किन हातमा हात मिलाएर हाँसेर बसे ? अहिलेका यो प्रश्नको उत्तर नेपाली जनतालाई दिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot