Logo

राष्ट्रिय युवा संघ, नेपाल र अनेरास्ववियुले मन्त्री ज्ञवालीलाई बुझाए ज्ञापनपत्र, सिमानामा काँडेतार लगाउन आग्रह



काठमाडौं, २८ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल र अनेरास्ववियुले परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले मन्त्री ज्ञवालीसमक्ष आज मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले मन्त्री ज्ञवालीलाई बुझाएको ज्ञापनपत्रमा नेपालको सिमानामा काँडेतार लगाएर घेराबार गर्न सरकारसँग माग गरिएको छ । सिमाना रक्षा गर्न सुरक्षा फौज राख्न र काडेतार लगाई घेराबार गर्न आग्रह समेत गरिएको छ ।

ज्ञापनपत्रमा युवा संघका तर्फबाट संयोजक रामप्रसाद सापकोटा दिपशिखा र रमेश कुमार पौडेलको र अनेरास्ववियुको तर्फबाट अध्यक्ष ऐन महर र सहअध्यक्ष रञ्जित तामाङको हस्ताक्षर गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot