Logo

नेपाल राष्ट्र बैंकले ४ अर्ब रुपैयाँ बराबरको नागरीक ऋणपत्र विक्री गर्ने, कति पाइन्छ ब्याज?



काठमाडौँ २८ वैशाख  : नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागले जेठ १ गतेदेखि चार अर्ब रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्ने भएको छ । पाँच बर्षे अवधिको नागरिक बचतपत्र २०८२ मा वार्षिक ९ प्रतिशत (ब्याजकर सहित) ब्याजदर प्रदान हुने केन्द्रीय बैंकले जनाएको छ ।

जेठ २५ गते निष्काशन गरिने बचतपत्रमा इच्छुक नेपाली नागरिकले नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका शाखा, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट जेठ १ गतेसम्म खरिद आवेदन पेश गर्न सक्नेछन्। खरिद आवेदन नेपाल राष्ट्र बैंकको वेवसाइटबाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ ।

उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिनुपर्नेछ ।

प्रत्येक ६/६ महिनामा प्रदान हुने ब्याज आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सक्नेछन् । बचतपत्रको सावाँ २०८२ जेठ २५ गते फिर्ता हुनेछ । मेरोलगानी File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot