Logo

भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन माग गर्दै सांसदहरुद्धारा संकल्प प्रस्ताव दर्ता



काठमाडौं, २८ वैशाख । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसदहरूले भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग राख्दै संकल्प प्रस्ताव दर्ता गरेका छन्। संकल्प प्रस्ताव राख्ने सांसदहरुमा रामकुमारी झाँक्री, गणेश ठगुन्ना, डा. दीपकप्रकाश भट्ट, यज्ञबहादुर बोगटी र गणेशकुमार पहाडी रहेका छन् । उनीहरुद्धारा दर्ता प्रस्तावमा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्शाहरुले प्रमाािणत गरेको छ ।

उनीहरुले लिम्पियाधुराबाट निस्किने कुटियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० किमी भूभाग भारतले अतिक्रमण गरी आफ्नो राजनीतिक र प्रशासनिक नियन्त्रणमा राखेको कुरा उक्त संकल्प प्रस्तावमा उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot