Logo

कोरोना भाइरस संक्रमितमा देखियो नयाँ लक्षण



एजेन्सी, २८ वैशाख । कोरोना भाइरसले विश्वव्यापी रुपमा त्रास फैलाइरहेका बेला नयाँ नयाँ अनुसन्धानमार्फत नयाँ नयाँ लक्षणबारे खुलासा भइरहेको छ। सिन्सिनाटी युनिभर्सिटीको अनुसन्धानका अनुसार कोरोना संक्रमित बिरामीहरुमा तीन दिनपछि सुघ्ने क्षमता नष्ट हुने गर्दछ।

युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार, भाइरसका कारण कयौँ बिरामीहरुको स्वाद पहिचान गर्ने क्षमतामा पनि असर परेको छ। अनुसन्धानमा खासगरी युवा र महिला संक्रमितहरुमा यस्तो समस्या देखिएको हो।

स्वीट्जरल्याण्डको क्यान्टोन्सपिट औरो अस्पतालमा कोरोनाका १०३ बिरामीहरुमाथि ६ हप्तासम्म गरिएको अध्ययनमा उक्त खुलासा भएको हो। ती संक्रमितहरुलाई कति दिनदेखि लक्षण थियो र उक्त लक्षणको टाइमिङ र गम्भीरतासँग सम्बन्धित प्रश्न गरिएको थियो।

योभन्दा पहिले पनि अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले पनि कोरोनाबाट स्वाद र सुघ्ने क्षमता नष्ट हुने कुराको बारेमा खुलासा भइसकेको छ। सीडीसीले ती लक्षणहरुलाई आफ्नो आधिकारीक सूचीमा जोडेको छ।

यूनिभर्सिटीका अनुसार संक्रमणबाट एनोस्मिया (सुघ्ने क्षमतामा कमी) हुनु एकदमै खतरनाक रहेको छ। यसको सिधा सम्बन्ध बिरामीहरुमा देखिएको अरु लक्षणसँग सम्बन्धित रहेको छ। यदि एस्नोमियाको लक्षण अधिक भएमा बिरामीहरुमा खोकी, साँस फेर्नमा समस्या र ज्वरो जस्ता समस्याहरु अधिक हुने गर्दछ।

अुसन्धानका अनुसार, करिब ६१ प्रतिशत बिरामीहरुमा सुघ्ने क्षमता समाप्त हुने बताइएको छ। तिनीहरुमा उक्त क्षमता नष्ट हुने औसत समय ३ देखि ४ घण्टा पाइएको छ। अब कोरोना संक्रमणका साथ सुघ्ने क्षमता कम भएमा ऊ संक्रमणको पहिलो हप्तामा छ भन्ने कुराका बारेमा थाहा पाउने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्