Logo

लिपुलेक हुँदै खोलिएको भारत-चीन लिंकरोडबारे ओलीको मौनता



समाचार विश्लेषण । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रवादी’ नेताको परिचय बनाएका छन् । भुकम्पपछि नाकाबन्दी हुँदा उनले लिएको अडान र बोलीले लोकप्रीयताको शिखरमा पुर्यायो । ओलीलाई ‘राष्ट्रवादी नेता’ भन्न नाम चलेका विद्धानहरुले पनि कञ्जुस्याई गरेनन् ।

ओलीले छिमेकका नेताहरुसँग शिर उठाएर देश हितमा गम्भीर छलफलहरु गरेको विषय बाहिर आइरह्यो । उनले भारत र चीन भ्रमणमा जाँदा नेपाली जनताको शिर उचो रहने गरी कुराकानी गर्ने बताउँथे । ओलीको यो व्यवहारले उनले महाकाली सन्धीको पक्षमा बोलेको र गरेको हस्ताक्षरलाई ओझेलमा पारिदियो । ओली समकालिन नेपाली राजनीतिज्ञमा सबैभन्दा ‘राष्ट्रवादी’को परिचय बनाउन सफल भए ।

नाकाबन्दीपछि ओलीले अडान लिइरहे । बरु पद त्याग गरे सम्झौता गरेनन् । त्यही अडानले उनलाई ‘राष्ट्रवादी’ परिचय मात्र दिएनन् चुनावमा सानदार जित दिलायो । ओली नेपालको इतिहासकै शक्तिशाली प्रधानमन्त्री मध्येका बने । वीपी कोइरालापछि निर्वाचित प्रधानमन्त्रीमा ओली दुई तिहाई समर्थनमा सरकार निर्धक्क चलाउन सक्ने भए ।

८० किलोमिटर दुरीको नेपाली हुँदै लिपुलेक हुँदै भारत र चीनबीचको व्यापार मार्ग आरम्भ

ओलीको कार्यकालमा गत वर्ष भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित भारतले नयाँ नक्शा सार्वजनिक गर्यो । परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्दै भारतसँग जानकारी माग्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुलो होस् या सानो सार्वभौमसत्ता बराबर हुन्छ सम्म भने । उनले यो विषयमा बाहिर र कुटनीतिक तहमा समेत बोले ।

अहिले फेरि भारतले लिपुलेक हुँदै भारत र चीन जोड्ने लिंकरोड उदघाटन गरेको छ । शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले उदघाटन गरेपछि यो विषयले तरंग ल्याएको छ । परराष्ट्र मन्त्रालयले आपत्ती जनाउँदै विना कसैको हस्ताक्षर विज्ञप्ति जारी गरेको छ ।

लिंकरोड सन् २०१५ को मे १५ मा भारत र चीनबीचको सम्झौतायता निर्माणले गति लिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणमा जारी दुई देशको संयुक्त वक्तव्यमा व्यापारमार्ग बनाउने विषय उल्लेख छ । नेपाललाई बेवास्ता गरेर भारत र चीन दुई देशले गरेको सम्झौताको परिणाम लिंकरोड लिपुलेक हुँदै बनाइएको छ । यसमा भारत र चीन दुवै संलग्न रहेको स्पष्ट छ । त्यसैले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिदेशीय विषय भएकाले त्रिपक्षीय छलफलमा जोड दिएका छन् । राजनीतिक वृत्तमा यस मुद्दामा बोल्ने प्रतिष्पर्धा चलेको छ । तर, प्रधानमन्त्री ओलीले भने यसबारे केही बोलेका छैनन् । उनको मौनता अर्थपूर्ण छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot