Logo

नेविसंघलगायत ७ विद्यार्थी संगठनको प्रश्न : कालापानी, लिम्पियाधुरा, लिपुलेक मिचेको हो कि बेचिएको हो जवाफ चाहियो ?



काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी (नेविसंघ) लगायत विपक्षी दलका विभिन्न ७ विद्यार्थी संगठनले परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीलाई भारतले नेपाली लिपुलेकमा भूमी मिचेर चीनको मानसरोवर जाने सडक बनाएकोमा आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । आज मन्त्रालयमा पुगी उनीहरुले मन्त्री ज्ञवालीलाई पत्र बुझाएका हुन् । उनीहरुले अतिक्रमित नेपाली भूमी र्फिा ल्याउन र तत्काल नेपालले आफ्नो नक्शा सार्वजनिक गर्नुपर्ने पनि मा गरेका हुन् ।

ज्ञापनपत्र बुझाउँदै नेविसंघका अध्यक्ष राजिव ढुंगानाले कालापानी, लिम्पियाधुरा, लिपुलेक मिचेको हो कि बेचिएको हो जवाफ चाहियो ? भनेका थिए । सबै विद्यार्थी सङ्गठनका नेताहरुले मन्त्री ज्ञवालीलाई प्रश्नमाथि प्रश्न गरेका थिए । के सरकार विज्ञप्ती जारी गरेरै झारा टार्ने काम गर्छ रु, भूमीसुधार मन्त्रीको अभिव्यक्ति के हो रु, राजदूतको भनाई आधिकारीक हो कि होईन रु, भारतले आफ्नो नक्सामा नेपाली भूमि गाभ्दा के नेपाल सरकारले हाम्रो आधिकारीक नक्सा निकाल्न किन नसकेको लगायतका प्रश्न विद्यार्थी नेताहरुले गरेका थिए ।

नेविसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवि ढकाल, अखिल पाँचौका अध्यक्ष घनश्याम मिश्र, अखिल ९क्रान्तिकारी० का अध्यक्ष आलोक रायमाझी, राप्रविसंघका अध्यक्ष महेशबहादुर सिंह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई, राप्रविसंघ संयुक्तका अध्यक्ष धनसुर शाहीले परराष्ट्रमन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका हुन्। तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्